बैतडी – बैतडीको बुड्डा भन्ने स्थानमा आज भएको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् ।
बैतडीको झुलाघाटबाट गोठलापानी जादै गरेको ना. १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो २ः३० बजे दुर्घटना हुदा ५ जनाको ज्यान गएको हो भने ४ जना घाईते भएका हुन् ।
दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डे, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइको छ । तीव्र गतिका कारण जीप अनियन्त्रित हुदा दुर्घटना भएको ट्राफिक प्रहरीले अनुमान गरेको छ ।
जीप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटना पछी जीप चालक गोपाल कार्की बेपत्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।


