काठमाण्डौं – काठमाण्डौं उपत्यकामा आज थप १००७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
उपत्यकाको काठमाण्डौंमा ७७९ जना, भक्तपुरमा ८५ जना र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमित हुनेमा ५५३ पुरुष र ४५४ महिला रहेका छन् ।



