पोखरा – पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने यात्रु घाइते भएका छन् ।
फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।
ल्याण्डिङ एरियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा चालक पोखरा महानगरपालिका २८ घर भई लेकसाइड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको ज्यान गएको छ भने यात्रु बूढानीलकण्ठ नगरपालिका २ काठमाण्डौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् ।
दुघर्टनापछि दुबैलाई मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाण्डौं पठाईएको छ ।
साँकेतिक तस्बिर


