काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १९८० जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर संकलित स्वाब मध्ये १० हजार ३८१ स्वाब परिक्षणमा आज १९८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ११९१ जना पुरुष रहेका छन् भने ७८९ जना महिला रहेका छन् ।
थप १६ को ज्यान गयो
पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३३७ जना पुगेको छ ।



