काठमाण्डौं – अब देखी निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाउन नपाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारीलाई निजि इन्स्टिच्युटमा गएर प्रशिक्षण दिन र पढाउन् नपाउने निर्णय गरेको हो ।
मन्त्रालयले लोकसेवा आयोग लगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय गरेको हो ।
बहालवाला सह–सचिव तथा सचिवसमेत निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउने कार्यमा लाग्दा सेवाप्रवाह कमजोर बनेको तथा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना भएको भन्दै मन्त्री स्तरीय निर्णय भएको मन्त्रालये जनाएको छ ।
यसअघि मन्त्रालय वा निकायले बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यसलाई समेत रद्द गर्ने निर्णय पनि सामान्य प्रशासनले गरेको छ ।
कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा कारवाही गर्ने पनि चेतावनी मन्त्रालयको छ । सरकारका सचिवस्तरसम्मका कर्मचारीले उपत्यकाका धेरै इन्स्टिच्युटमा पढाउने काम गर्दै आएका छन् ।


