काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षण सुरु गर्ने भएको छ ।
सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो ।
महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेका, अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान समेत सञ्चालन गर्ने तयारी गरिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
काठमाण्डौ महानगरपालिकाले कोरोना परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ काम अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुलाई मात्र निःशुल्क पीसीआर परीक्षण गरिने महानागरपालिकाले जनाएको छ ।


