काठमाण्डौं – उपत्यकामा आज ८९९ कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये काठमाण्डौँमा ६८५ जना, ललितपुरमा १६५ जना र भक्तपुरमा ४९ जना गरी ८९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमित मध्ये ५१२ जना पुरुष र ३८७ जना महिला रहेका छन् ।





















