काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १६७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देश भरको विभिन्न प्रयोगशालामा गरिएको ८१४४ जनाको स्वाब परिक्षणका क्रममा आज थप १६७४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ ।
संक्रमण देखिएका मध्ये आज १०१३ जना पुरुष रहेका छन् भने ६६१ जना महिला रहेका छन् ।
थप ७ को ज्यान गयो
संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा ७ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमण कारण ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।





















