काठमाण्डौं – काठमाण्डौं उपत्यकाका आज ११०७ जनामा कोरोना संक्रमण देखिए संगै संक्रमितहरुको संख्या १ लाख नाघेको छ ।
उपत्यकाको काठमाण्डौं, भत्तपुर र ललितपुरमा गरी आज ११०७ जना संक्रममण देखिए संगै उपत्यकामा संक्रमितहरुको संख्या १ लाख ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
उपत्यकाको ३ जिल्लामा संक्रमण देखिएका मध्ये आज ६२३ जना पुरुष र ४८४ जना महिला रहेका छन् ।





















