काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १९४५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको विभिन्न प्रयोगशालामा १० हजार ३४० जनाको स्वाब परिक्षण गर्दा थप १९४५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख १६ हजार ९६५ जना पुगेको छ ।
संक्रमण देखिएका मध्ये १२०५ जना पुरुष छन् भने ७४० जना महिला रहेका छन् ।
थप २२ जनाले ज्यान गुमाए
कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।



