एजेन्सी – कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै भएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।
क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आदेशमा उल्लेख गरिएको छ ।
भोली (शनिबार)देखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिख अर्थात १ महिनासम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।
क्यालिफोर्नियामा अहिलेसम्म १० लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाले संक्रमणका कारण ज्यान गुमाई सकेका छन् ।




















