काठमाण्डौँ – बिहिबार काठमाण्डौं उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण पुृष्टी भएको छ ।
उपत्यकाको काठमाण्डौं, भक्तपुर र ललितपुरमा गरी १२२९ जनामा संक्रम देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये काठमाण्डौंमा ९६५ जना, भक्तपुरमा ७५ जना र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो ।
थपिएका नयाँ संक्रमित मध्ये ७१६ जना पुरुष र ५१३ जना महिला रहेका छन् ।



