गोरखा – पत्रकार नारायण शर्मालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
शर्मालाई आज कोरोना संक्रमण पुष्टी भएको हो ।
पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शर्मालाई संक्रमण पुष्टि भए संगै नवलपुरमा रहेको घरमा होम आईसोलेसनमा रहेका छन् ।
शर्माले लामो समय देखी कान्तिपुर दैनिकमा कार्यरत छन् ।
शर्मालाई संक्रमण देखिए पछि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले शर्माको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


