काठमाण्डौँ – उपत्यकामा आज १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाण्डौं, भत्तपुर र ललितपुरमा गरी ६३५ जना पुरुष र ४०३ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यो सहित काठमाण्डौंमा ७९ हजार ७६१ जना, भत्तपुरमा ७१९० जना र ललितपुरमा ११ हजार ५८५ जनामा संक्रमित पुगेको छ ।



