काठमाण्डौँ – केही दिन यता स्वाब परिक्षणमा दायरा घटाए संगै घटेको संक्रमितहरुको संख्या दायरा बढाए संगै संक्रमित बढन थालेको छ ।
आज ६७३१ जनाको स्वाब परिक्षण गर्दा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
संक्रमितहरु मध्ये ९०८ जना पुरुष रहेका छन् भने ५३४ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।
थप १२ जनाले ज्यान गुमाए
आज नेपालमा थप १२ जनाले संक्रमणका कारण ज्यान गुमाएको छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।



