दमौली – तनहुँको मानुङकोट घुम्न गएका पोखराको पर्यटकको आज बिहान सवारी दुरर्घटनामा परी ज्यान गएको छ ।
दमौलीबाट मानुङकोट तर्फ जाँदै गरेको ग. १ ख २९४२ नम्बरको यात्रुवाहक हायस भीरबाट खस्दा पोखरा महानगरपालिका गगनगौडा निवासी २८ वर्षिया सुनिता गुरुङको ज्यान गएको दमौली प्रहरीले पुष्टी गरेको हो । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन ।
दुर्घटनामा परि गम्भिर हुनु भएकी गुरुङको उपचारका क्रममा दमौलीको रत्नहरी अस्पतालमा ज्यान गएको हो ।
उकालो जादै गरेको हायस मानुङ पुग्नै लाग्दा ब्रेकरका कारण उक्लन नसके पछि ब्याक भएको प्रहरीले जनाएको छ । हायस ६०० मिटर तल खसेर छ ।
अन्य घाईतेको दमौलीमा उपचार भई रहेको छ ।
तस्बिर पवन पाैडेल दमाैली


