पोखरा – अरिङ्गालले चिल्दा स्याङ्जा लामागे निवासी १ बालिकाको निधन भएको छ ।
हिजो (सोमबार) दिउँसो भाइलाईटिका लगाउन आफ्नो घरबाट तल्लो घर जाने क्रममा १३ बर्षिया अतिथि शर्मालाई अरिङ्गालले एक्कासी चिलेको थियो । अरिङालले चिलेर घाईते भएकी अतिथीलाई उपचारको लागि पोखराको गण्डकी अस्पताल ल्याईएको थियो । अतिथीको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको हो ।
मृत्तक बालिका पुतलीबजार नगरपालिका १४ स्थित लामागे निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ का छोरी हुन् ।


