काठमाण्डौँ — नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५०२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा गरिएको ३११२ जनाको स्वाब परिक्षण गर्दा थप ५०२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टीगरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ११ हजार ४७५ जना पुगेको छ ।
आज संक्रमण देखिएकाहरुमा २९८ जना पुरुष र २०४ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।
थप १७ जनाले ज्यान गुमाए
पछिल्लो २४ घण्टामा संक्रमढाबाट थप १७ जनाले ज्यान गुमाएको छन् । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२४७ पुगेको छ ।



