काठमाण्डौँ — उपत्यकामा आज ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौंमा ३७३ जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ८४ जना गरी ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितमध्ये २१२ जना महिला र २८९ जना पुरुष छन् ।





















