एजेन्सी – नेपालीले हङकङमा सञ्चालनमा ल्याएको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा ७ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । जसमध्ये अधिकांश नेपाली रहेका छन् ।
हङकङमा भएको उत्त आगलागीमा परी ९ वर्षीय बालकसहित ७ जनाको ज्यान गएको त्यहाँको सञ्चार माध्यमले जनाएको हो ।
ज्यान गुमाउनेमा ४ पुरुष र ३ जना महिला रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको उपचार भइरहेको छ ।
क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । जन्मदिन मनाउने क्रममा बालिकाले बालेको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।


