काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा १९४६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७५३ जनाको स्वाब परिक्षणमा १९४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ८ हजार २९९ जनामा पुगेको छ ।
थप १३ जनाले ज्यान गुमाए
२४ घण्टामा नेपालमा संक्रमणका कारण थप १३ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२१५ पुगेको छ ।



