काठमाण्डौं – आजदेखि ३ दिनसम्म देशै भरका सबै बैंकहरु बन्द हुने भएको छ ।
तिहारको बिदा अवधिभर सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको हो ।
गएको वर्ष तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गरेका हुन् ।
सीमित शाखा खोलेर बैंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालनमा आउने छन् ।


