पोखरा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमीत एक महिलाको आज बिहान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ज्यान गएको छ ।
कास्की जिल्ला पोखरा उप महानगरपालिका १४ घर भएकी ६७ बर्षिया महिलाको ज्यान गएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पुष्टी गरेको हो ।
संक्रमित महिला २१ गते अस्पतालमा भर्ना भएर उपचाररत थिइन । उत्त महिलाको शुक्रबार बिहान २ बजे ज्यान गएको हो ।
प्रतिष्ठानले मृत्तक महिला प्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समबेदना ब्यत्त गरेको छ ।



