काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयले देशभरको विभिन्न प्रयोगशालामा गरिएको १० हजार २२ वटा स्वाब परिक्षण गर्दा थप १९१३ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
थप १५ जनाले ज्यान गुमाए
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणबाट थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।




















