काठमाण्डौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत केसीको उपचार खर्च सरकारले व्योहोर्ने निर्णय गरेको हो ।
आज (बिहीबार) विहान बसेको मन्त्रिपरिषदको वैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण उपचार खर्च ब्योहोर्ने निर्णय भएको हो । एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।
उनको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।




















