काठमाण्डौं – कोरोना भाइरसका कारण आज काठमाण्डौं उपत्यकामा थप १२६१ जनामा संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको रेकर्ड अनुसार आज काठमाण्डौंमा ९७६ जना ,भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जनामा संक्रमण देखिएको हो ।
संक्रमण देखिएका मध्ये ७३३ जना पुरुष र ५२८ जना महिला रहेका छन् ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाण्डौं आज सम्म ७५ हजार ३२० जनामा संक्रमण देखिएकोमा ५७ हजार ८६७ जना निको भएको र अहिले १७ हजार १६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । काठमाण्डौंमा मात्रै अहिले सम्म संक्रमणबाट २८९ जनाले ज्यान गुमाई सकेको छ ।
भत्तपुरमा आज सम्म ६७६५ जनामा संक्रमण देखिएकोमा ५४१६ जना निको भएको र अहिले १२७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । भत्तपुरमा मात्रै अहिले सम्म संक्रमणबाट ७४ जनाले ज्यान गुमाई सकेको छ ।
त्यस्तै गरी ललिपतपुर जिल्लामा आज सम्म १० हजार ७५१ जनामा संक्रमण देखिएकोमा ८१८६ जना निको भएको र अहिले २५०६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ललितपुरमा मात्रै अहिले सम्म संक्रमणबाट ७७ जनाले ज्यान गुमाई सकेको मन्त्रालयले जनाएको छ ।



