काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण हुनेको संख्या नेपालमा २ लाख नाघेको छ । आज थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २ लाख नाघेको हो ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८१ स्वाब परीक्षणमा बुधबार थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये १५६२ जना पुरुष रहेका छन् भने १००७ जना महिला रहेका छन् ।
थप २६ जनाको ज्यान गयो
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।



