एजेन्सी – ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण स्थगित गरिएको छ ।
खोप लगाएका १ जना स्वयंसेवकको ज्यान गएसँगै ब्राजिलले परीक्षण स्थगित गरिएको बीबीसीले जनाएको छ । तर ति ब्यत्तिको ज्यान के कति कारणले गुमको हो त्यो भने खुलाइएको छैन ।
परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताएका छन् ।
चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेको खोपमध्ये एक हो । सिनोभाकले चीनमा हजारौँ मानिसहरूलाई यो खोप दिइसकेको छ ।
खोपको इन्डोनेसिया र टर्कीमा पनि परिक्षण भइरहेको छ ।




















