काठमाण्डौं – काठमाण्डौं उपत्यकामा आज थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाण्डौं, ललितपुर र भत्तपुरमा गरी सोमबार थप १५३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरको हो ।
संक्रमण भएका मध्ये ८२३ जना पुरुष र ७१० जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार आज सम्म काठमाण्डौंमा ७२ हजार ६७ जनामा संक्रमीत भएका मध्ये ५६ हजार २७३ जनाले कोरोना जितेर निको भई सकेका छन् । काठमाण्डौंमा अहिले १५ हजार ५२२ जना सक्रिय संक्रमित रहेको र आज सम्म २७२ जनाले संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी भत्तपुरमा ६५०७ जना संक्रमीत भएका मध्ये ५३०७ जनाले कोरोना जितेर निको भई सकेका छन् । भत्तपुरमा अहिले ११२९ जना सक्रिय संक्रमित रहेको र आज सम्म ७१ जनाले संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
त्यसै गरी ललितपुरमा १० हजार १५३ जना संक्रमीत भएका मध्ये ७८८१ जनाले कोरोना जितेर निको भई सकेका छन् । ललितपुरमा अहिले २२०५ जना सक्रिय संक्रमित रहेको र आज सम्म ६७ जनाले संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।



