काठमाण्डौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओली बिचको बार्ता निश्कर्ष बिहीन भएको छ ।
५ दिन पछि बालुवाटारमा भएको बार्तामा कुनै पनि कुरामा समाधान निश्कन नसकेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा करिब २ घण्टा चलेको छलफलमा नेकपाभित्रको विवाद समाधानबारे छलफल भएता पनि ठोस् सहमति हुन सकेन ।
भेटका क्रममा दाहालले पार्टीभित्र गम्भीर संकट आएकोले तत्काल सचिवालय हुँदै स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको बैठक राख्न प्रस्ताव गरेका थिए । पार्टी भित्रका विवाद बारे छलफल गर्न दाहालले सचिवालय बैठक बोलाउन पुनःप्रस्ताव गरेपनि ओली त्यस बिषयमा कुनै पनि सहमती जनाएनन् ।
ओलीसँगको छलफलपछि दाहालले नेकपाका नेतालाई प्रधानमन्त्रीसँग वार्ताका लागि धाउनुको औचित्य नभएको समेत जानकारी गराएका छन् । राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण दाहाल–ओलीबीच विवाद संगै संबाद हिनता बढ्दै गइरहेको छ ।
सरकारले महत्त्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय ओलीले नमानेको दाहालको आरोप छ । यसैविच अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपालले पार्टी कार्यालय पेरिस डाँडामा बरिष्ठ अधिवक्तासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी फुटाएर जान कार्यकारी अध्यक्ष दाहालसँग प्रस्ताव राखेसँगै त्यसका कानुनी जटिलताका विषयमा भेटमा कुरा भएको बुझिएको छ ।


