मोरङ – आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई बिराटनगरको एक अस्पतालले उपचार गर्न नमानेपछि आत्मा हत्या गरेकी छिन् ।
मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय नरमाया मगरले आत्महत्या गरेकी हुन् । कमजोर आर्थिक अवस्था भएकी ति महिलालाई उपचार गराउनु पूर्व अस्पतालले पैसा तिर्न भने पछि आत्माहत्या गरेकी हुन् ।
नियमित डायलाइसिसका क्रममा कोरोना संक्रमण पनि पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा दैनिक उपचार खर्च वापत १८ हजार रुपैयाँका दरले माग गरेको थियो । उपचार खर्च ब्यहोर्न नसकेपछि घर ल्याइएकी उनले झुण्डेर आत्महत्या गरेकी हुन् ।
श्रीमान टेकबहादुर मगरका अनुसार उपचार गराउन सकिन्छ कि भनेर धेरै प्रयत्न गर्दा पनि सम्भव नभएर घर ल्याएको बताए । संक्रमितले उपचार खर्च नपाएको बिषयमा ढिलो गरी जानकारी आएकाले सहयोग गर्न नसकेको जनप्रतिनिधिले बताए ।
मगरले दशैंको टीकाको दिन आत्महत्या गरेकी हुन् । मगर परिवारको आर्थिक अवस्था नितान्तै कमजोर छ ।


