एजेन्सी – अमेरिकी राष्ट्रपति चुनावका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् ।
उनले ‘ब्यूल्डब्याकबेटर’ नामको वेबसाइट सार्वजनिक गरेका हुन् । वेबसाइटमा देशले अहिले सामना गरिरहेको संकट गम्भीर रहेको र संक्रमणकालीन टिमले संकट समाधानका लागि तीव्र गतिमा काम गर्ने उल्लेख छ ।
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचन नोभेम्बर महिनामा गरिने भएपनि विजयी उम्मेदवारको राष्ट्रपति पदको शपथग्रहण जनवरी २० मा मात्रै हुन्छ । निर्वाचित भएदेखि पदभार नसम्हालेसम्म राष्ट्रपति र निर्वाचित उम्मेदवारले संक्रमणकालीन टोली बनाउने गर्दछन् ।
वेबसाइटमा देशले सामना गरिरहेको संकट गम्भीर रहेको उल्लेख गरिएको छ । त्यस्तै बाइडेनको समूहले महामारीदेखि आर्थिक मन्दीसम्म, जलवायु परिवर्तनदेखि जातीयता आधारित अन्यायसम्म, र सङ्क्रमणकालीन टोलीले पूर्ण गतिमा तयारी गरिरहेको जनाएको छ ।
बुधवार बाइडनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पहिलो दिनमा पुनः जोडिने वाचा दोहर्याएका छन् । सो सम्झौताबाट ट्रम्पले सन् २०१६ मा गरेको निर्णय स्वरूप बुधवार मात्रै अमेरिका औपचारिक रूपमा अलग भएको थियो ।




















