काठमाण्डौं – काठमाण्डौं उपत्यकाको ३ जिल्लामा आज थप १८७८ जना कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंमा १५७० जना,भक्तपुरमा ११९ जना र ललितपुरमा १८९ जना गरी आज १८७८ जनामा संक्रमण पुष्टी भएको हो ।
उपत्यकामा आज थपिएको संक्रमित मध्ये ११४१ जना पुरुष छन् भने ७३७ जना महिला रहेका छन् ।





















