काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३०९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार देशभरबाट संकलित स्वाब मध्ये १३ हजार १४४ जनाको स्वाब परिक्षण गर्दा ३३०९ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये १३०४ जना महिला र २००५ जना पुरुष रहेका छन् ।
३० जनाले ज्यान गुमाए
त्यस्तै गरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।


