काठमाण्डौं – भारतका स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरावणे काठमाण्डौँ आइपुगेका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि उनी विशेष विमान मार्फत काठमाण्डौँ आएका हुन् । नरावणे विमानस्थलबाट कोटेश्वर, बालकुमारी, सातदोबाटो हुँदै सोल्टी होटेल गएका थिए ।
विमानस्थलबाट सोल्टी होटलका जानका लागि सामान्यतया विशिष्ट अतिथिहरुका लागि तिनकुने, बानेश्वर, माइतीघर थापाथली, त्रिपुरेश्वर, कालिमाटीको बाटो प्रयोगमा ल्याउने गरिएको थियो ।
नरवाणेको आज कुनै औपचारिका कार्यक्रम छैन । बिहीबार भने उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् ।
यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि ग्रहण गर्ने कार्यक्रम छ । नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आएका उनी शनिबार स्वदेश फर्किने छन् ।
नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ । नरवाणे सोही उपाधि ग्रहण गर्न नेपाल आएका हुन् ।




















