मुस्ताङ – गृह सचिब महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ–४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरि बल नेपालको बोर्डर आउट पोस्ट (बिओपि)को शिलान्यास गर्नु गरेका छन् ।
सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनाल सहित नेचुङ पुगेका सचिब न्यौपानेले बुधबार सो भवनको शिलान्यास गरेका हुन् ।
गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपि सदरमुकाम जोमसोम बाट १०९ किलोमिटरको दुरिमा पर्दछ । समुद्र सतहबाट करिब ४२०० मिटरको उचाइमा अबस्थित बिओपी पोष्ट २४ कोठाको मौसम अनुकुलको भवन निर्माण हुन लागेको हो ।
करिब ६ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको भवन १ बर्ष भित्र निर्माण गरिने भएको छ । असोज देखि बैशाख सम्मनै भारि हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरि बल १२ महिना नै तैनाथ रहने छ ।
हाल सम्म देशभर सशस्त्र प्रहरि बलका १८३ वटा बिओपि स्थापना भएका मध्ये उत्तरि सिमानामा ७ वटा रहेका छन् । बिओपि स्थापना भए संगै मुस्ताङको उत्तरि सिमानामा सशस्त्र प्रहरिले सिमा अनुगमन, पिल्लर निरिक्षण, काउन्टरपार्टस् संग समन्वय तथा नियमित गस्ति पट्रोल गर्दै आएको छ ।


