काठमाण्डौं – भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् ।
उनलाई मुम्बई प्रहरीले आत्माहत्या दुरुत्साहन मुद्वामा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ ।
यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनःअनुसन्धान गर्न निर्देशन दिएको थियो ।


