काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज उपत्यकामा थप १४६८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर ३११४ जनामा संक्रमण देखिदा उपत्यकामा १४६८ मा संक्रमण देखिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
उपत्यकामा ८१९ पुरुष र ६४९ महिला गरेर १४६८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा यो सहित १९ हजार १४६ सक्रिय संक्रमीत रहेको छ । जसमा काठमाडौंमा १५ हजार ८६३ जना, भक्तपुरमा १०१९ जना र ललितपुरमा २२६४ सक्रिय संक्रमित छन् ।
काठमाण्डौंमा मात्रै १० हजार ८३० जना होम आइसोलेसनमा छन् भने भक्तपुरमा १७३० जना र ललितपुरमा २१९६ जना होम आइसोलेसनमा छन् ।
नेपालमा अहिले सम्म कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।




















