काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनाको स्वाब परीक्षणमा गर्दा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।




















