विराटनगर – जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बुको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
गजेन्द्रबहादृरको संक्रमणकै कारण आज (मंगलबार) बिहान ज्यान गएको हो ।
२७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १२ गते न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएको उनको मंगलबार बिहान ३ः३० बजे ज्यान गएको अस्पतालले पुष्टी गरेको छ ।
६३ वर्षीय लिन्बु समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुन् ।


