काठमाण्डौं – सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशमा रहेको बिभिन्न स्थानको क्वारिन्टीन र आइसोलेनको निरिक्षण गरेका छन् ।
महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनि पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा ब्यबस्थापन तालिम शिक्षालय पोखरा तथा स्याङजा गुल्म समेतको निरिक्षण गरेका थिए ।
सो क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारि पुरा गर्न निर्देशन दिदै खनालले संगठनको आदेश र निर्देशनको पुर्ण पालना गर्न आग्रह गरेका थिए ।
निरिक्षणका क्रममा महानिरिक्षक खनालले संगठनको बद्नाम हुने कार्य नगर्न समेत निर्देशन दिदै सशस्त्र प्रहरि कर्मचारिको सन्ततिको गुणस्तरीय शिक्षाको लागि क्षेत्रीय स्तरमा बिद्यालयहरुको स्थापना र कर्मचारिको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको बताए ।
उनले कोरोना संक्रमित कर्मचारि लाइ समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारिको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत बताए ।


