काठमाण्डौं – कोरोना संक्रमितको उपचारमा पैसा लिएको भन्दै सरकारको चर्को आलोचना हुने थालो पछि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारको क्रममा धरौटी नलिइ अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारी अस्पताललाई कोरोना उपचारका लागि आउने संग धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको हो ।
उनले धरौटीसम्बन्धी सूचना निकालेका अस्पताललाई स्पष्टीकरण सोधिएको समेत जानकारी दिए । सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय भएको बताए।
कार्यक्रममा डा.गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको सरसल्लाह, रिफर, तथा अनुगमन गर्ने कार्य स्थानिय पालिकाहरुको भएकोले उक्त कार्य तदारुकताका साथ सम्पन्न गर्न देशै भरको ७५३ पालिकालाई निर्देशन समेत दिएको जानकारी गराए।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या पत्ता लगाउन समिति गठन
डा.गौतमले आज कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको एकिन संख्या पत्ता लगाउन ३ सदस्यीय समिति गठन गरीएको जानकारी गराए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखा प्रमुख र सीसीएमसीका एक चिकित्सकसहितको ३ जनाको समिति गठन गरिएको र उक्त समितिले काम गरिरहेको समेत बताए।


