काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण देखिएको जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज देखिएको यो संख्या सहित अब नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।
थप २३ जनाले ज्यान गुमाए
नेपालमा कोरोना संक्रमणबाट आज थप २३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।


