पोखरा – कोरोना संक्रमित पोखराकी १ महिलाको गए राती ज्यान गएको छ ।
पोखरा उप महानगर पालिका १३ निवासी ४६ बर्षिया महिलाको गए राती निधन भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पुष्टी गरेको छ ।
कार्तिक ५ गते संक्रमण देखिएका ति महिलालाई कोभिड–१९ उपचार केन्द्रको आईसियुमा राखी उपचार भई रहेकोमा कार्तिक १२ गते राती ११ः०० बजे निधन भएको भन्दै प्रतिष्ठानले मृत्तक प्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदन प्रकट गरेको छ ।
संक्रमित विरामीमा स्वासप्रस्वासको समस्या आए लगत्तै आईसियूमा राखेर उपचार भई रहेको थियो ।



