काठमाण्डौं – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्वन्धी दैनिक प्रेस ब्रिफिङ भोलीबाट नहुने भएको छ । तर साताको २ दिन भने उत्त कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ ।
दसैँको फुलपाती देखी रोकिएको दैनिक प्रेस ब्रिफिङ आज (बुधबार) भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
उनका अनुसार अब सातामा २ दिन आइतबार र बुधबारमात्र प्रेस ब्रिफिङ हुनेछ ।
अन्य दिनको सूचना भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने मन्त्रालयले जनाएको छ ।


