काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १९५४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा बुधबार थप थप १९५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयले देशभरको प्रयोगशालामा ८२४८ नमुना स्वाब परिक्षणका क्रममा १९५४ जनामा संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको जनाएको छ ।
त्यस्तै गरी नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।




















