गोरखा – तनहुँको आँबुखैरेनी क्षेत्रमा आज २ स्थानमा सवारी दुरर्घटना हुदा ५ जना घाईते भएका छन् ।
मंगलबार ऐना पहरा र ढापटारमा भएको सवारी दुरर्घटनामा परी ५ जना घाईते भएका हुन । गंभिर अवस्थाका घाईतेलाई भने उपचारको लागि चितवन लगिएको आँबुखैरेनी प्रहरी जनाएको छ ।
प्राप्त विवरण अनुसार मंगबार दिउसो १२ः३० बजे आँबुखैरेनी गाउँबिकास समिति २ को ढापटारमा आँबुखैरेनी बजारबाट डुम्रे तर्फ जादै गरेको ग. १० प ५६२५ नम्बरको मोटर साईकलले अन्दाजी ६०/६२ बर्ष जतीका वतन खुल्न नसकेको, सोही स्थानमा केही समय देखी मागी खादै हिड्ने पदमबहादुर रानालाई ठक्कर दिदा घाईते भए पछि रानालाई तत्कालै उपचारकोलागि चितवन मेडिकल कलेज पठाईएको थियो ।
दुरर्घटनामा संलग्न ब्यत्ति र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै गरी आजै दिउसो २ बजे आँबुखैरेनी गाउँपालिका ४ को ऐना पहरा क्षेत्रमा भएको सवारी दुरर्घटनामा परी ४ जना घाईते भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार आँबुखैरेनी बजारबाट मुग्लीन तर्फ जादै गरेको प्रदेश ३–०१–००२ ज ५९९१ नम्बरको कार र बिपरीत दिशाबाट आउदै गरेको बा. ५ च ५२३० नम्बरको कार एक आपसमा ठक्कर खादा दुवै सवारीमा रहेका ४ जना घाईते भएका थिए ।
प्रहरीले दुवै सवारी साधान र ५९९१ नम्बरको कारको चालकलाई नियन्त्रणमा लिएको छ ।
घाईतेहरुको नामावली :
१) सुर्खेत जिल्ला गौरी गंगा गाउँपालिका ५ बस्ने ३८ बर्षिया अस्मिता परियार
२) सुर्खेत जिल्ला गौरी गंगा गाउँपालिका ५ बस्ने २५ बर्षिया लक्ष्मी सेन्जुरी
३) सुर्खेत जिल्ला गौरी गंगा गाउँपालिका ५ बस्ने ३१ बर्षका नन्दराम परियार
४) बा. ५ ५२३० नम्बरका चालक चालक ( उनलाई नयाँ मेडिकल कलेज भरतपुर पठार्ईको)


