काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संघिय राजधानी नराम्रो संग प्रभावित भएको छ । उपत्यकामा आज २५२ जना संक्रमित थपिए संगै २० हजार ५८६ जना सक्रिय संक्रमित पुगेको छ ।
आज (मंगलबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार उपत्यकाको ३ जिल्लामा आज मात्रै ९७ महिलासहित १५५ जनामा पुरुषमा संक्रमण देखिएको हो । उपत्यकामा मंगलबार सम्म संक्रमणका कारण ३१४ जनाले ज्यान गुमाई सकेका छन् ।
संक्रमण देखिएर ज्यान गुमाएका मध्ये उपत्यकाको काठमाण्डौंमा २०० जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ५६ जनाले ज्यान गुमाई सकेका मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडौंमा १६ हजार ९५६ जना, भक्तपुरमा १ हजार १९४ जना र ललितपुरमा २ हजार ४३४ जना सक्रिय संक्रमित रहेको छ।
उपत्यकामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या मंगलबारसम्म १० हजार ५०१, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार ३६२ गरी कुल १४ हजार ५८२ जना होम आइसोलेसनमा छन् ।


