काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९) बाट आज नेपालमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा मंगलबार थप ५७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।
मन्त्रालयलका प्रबत्ता डा.जागेश्वर गौतले दिएको जानकारी अनुसार देशभर आज जम्मा २७२५ जनाको स्वाब परिक्षण भएको र त्यसमा ५७० जनालाई संक्रमण देखिए संगै नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।




















