पोखरा – गण्डकी प्रदेशको ६ जिल्लामा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको नवलपुर, कास्की, बागलुङ, म्याग्दी, स्याङजा र तनहुँमा गरी आज (मंगलबार) थप ७८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको छ ।
निर्देशनालयले दिउसो सूचना जारी गर्दै नवलपुर जिल्लामा सबै भन्दा धेरै ५६ जनामा संक्रमण देखिएको जनाएको छ । त्यस्तै गरी कास्कीमा ९ जना, बागलुङ ५ जना, म्याग्दी ४ जना, स्याङजा र तनहुँमा २/२ जनामा संक्रमण देखिएको छ ।
संक्रमित सबैको क्षयरोग उपचार केन्द्रमा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७९० जना पुगेको छ ।


